टेलिफोन र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाउँदै सरकार
सोमबार, ०२ साउन २०७९, ११ : ५५
सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो ।
सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा झार्दा सेवा प्रदायकहरुको महसुल दर पनि सामान्य घट्नेछ । नेपाल टेलिकमले कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर (पे एज यु गो)अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने जानकारी दिएको छ ।
त्यस्तै एनसेलले पनि साउन १ देखि लागू हुनेगरी दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम गरिने जानकारी दिएको छ । अन्य सेवा प्रदायकले समेत सरकारको नयाँ व्यवस्थाअनुसार दूरसञ्चार सेवा शुल्क घटाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण