बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा प्रहरी कारबाहीमा १६ जनाको मृत्यु

शनिबार, ०७ साउन २०७९, ०८ : ४०
शनिबार, ०७ साउन २०७९

ब्राजिलको प्रहरीले राजधानी रियो दि जेनेरियोको एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको जनाएको छ । राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १६ जनाको मृत्यु  भएको हो ।

अलेमाओ फाभेलामा चार सय भारी सशस्त्र सैन्य प्रहरी तैनाथ गरिएको थियो । मृतकमध्ये १६ जना संदिग्ध अपराधी रहेको बताइएको छ । छापा मार्ने क्रममा एक प्रहरी अधिकारी र एक जना प्रत्यक्षदर्शी मारिएको प्राप्त विवरणमा जनाइएको छ । 

प्रहरी कारबाही दिनभर चलेको थियो, जसका कारण सो क्षेत्र वरपरका हजारौं मानिस आफ्नो घरबाट बाहिर निस्कन पाएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप