आइक्यानको शपथ ग्रहण तथा बीपीए अवार्ड वितरण कार्यक्रम सम्पन्न
नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अध्यक्षमा भाष्कर सिंह र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित भएका छन् । सिंह निर्विरोध निर्वाचित भएका हुन् भने काफ्ले प्रतिद्वन्दी पियुषआनन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष सिंह यस अघि संस्थाको उपाध्यक्ष थिए ।
यसैबीच अध्यक्ष सिंह र उपाध्यक्ष काफ्ले दुबैले आफ्नो पद तथा गोपनीयताको शपथ खाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरुले पद तथा गोपनीयताको शपथ खाएका हुन् । शपथ ग्रहणपछि कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्षले आफ्नो कार्यकालमा समग्र लेखा व्यवसायको हितका लागि काम गर्ने बताए।
साथै कार्यक्रममा २० वर्षभन्दा बढी आइक्यानमा रहेर कामगर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदकले सम्मानसमेत गरिएको थियो भने संस्थामा सुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका पूर्व कार्यकारी निर्देशकलगायतलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने संस्थाहरुलाई बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट (बिपीए) अवार्डसमेत प्रदान गरिएको थियो । सो अवार्ड बैंकिङ क्षेत्र तर्फ सिद्धार्थ बैंकले पाएको छ भने मेगा बैंक लिमिटेड र सनराइज बैंकले क्रमशः दोश्रो र तेश्रो अवार्ड प्राप्त गरेका छन् ।
यस्तै फाइनान्सियल क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड मुक्तिनाथ विकास बैंकले पाएको छ । बैंकले तेश्रो पटक यो अवार्ड हात पार्न सफल भएको हो । यस्तै सो अवार्डमा ज्योति विकास बैंक लिमिटेड दोश्रो बन्न सफल भएको छ । यता, इन्स्योरेन्सतर्फको सो अवार्ड सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको छ भने जनरल सेक्टरतर्फ बोटलर्स नेपाल तराई लिमिटेडले तेश्रो अवार्ड प्राप्त गर्न सफल भएको थियो । यस्तै जनरल सेक्टरतर्फ दोश्रो स्थानको अवार्ड कर्जा सूचना केन्द्र लिमिटेडले पाएको छ भने बुटवल पावर कम्पनी लिमिटेडले प्रथम स्थान हाँसिल गर्दै सो अवार्ड प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण