मंकीपक्स भाइरस रोकथाम गर्न योगेश भट्टराईको माग
नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल मंकीपक्स भाइरस सङ्क्रमणको जोखिममा रहेको भन्दै रोकथाम र नियन्त्रण गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा सभामुखसँग समय मागेर बोल्दै सांसद भट्टराईले सरकारले यो सङ्क्रमण रोकथामका लागि सार्वजनिक ढङ्गले सचेतना जगाउने काम नगरेको बताए ।
उनले भने–‘मंकीपक्स भाइरस रोकथामका लागि सरकारले सचेतना जगाउने काम गरेको छैन । एक किसिमले भन्ने हो भने सरकार चिर निद्राको अवस्थामा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसबारेमा सतर्कता जारी गरिसकेको छ । हाम्रो सिमानाहरूमा अहिलेसम्म साइनबोर्ड समेत राखिएको छैन । हाम्रो एयरपोर्टहरूमा सचेतनाका लागि एउटा बोर्ड पनि राखिएको छैन । नेपालका सञ्चारमाध्यमबाट कुनै सूचना जारी गरेको छैन । भारतमा यसका केसहरू देखिइसकेको अवस्थामा यसको भयानक अवस्थाबाट अब हामी टाढा छैनौँ ।’ उनले यसबारेमा सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । उनले मंकीपक्स भाइरस नेपाल प्रवेश रोक्न पूर्व सतर्कता अपनाउनका लागि पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शर्मा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय
-
वस्तीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस
-
मिल्स कप क्रिकेट : भारतीय क्लबलाई हराउँदै विराटनगरको एनबीएससी सेमिफाइनलमा
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने
-
काठमाडौँमा बरामद कोकिनको मूल्य ७ करोड ९६ लाख
-
पौडेल र मिश्र सचिवमा बढुवा, न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का