मंकीपक्स भाइरस रोकथाम गर्न योगेश भट्टराईको माग
नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल मंकीपक्स भाइरस सङ्क्रमणको जोखिममा रहेको भन्दै रोकथाम र नियन्त्रण गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा सभामुखसँग समय मागेर बोल्दै सांसद भट्टराईले सरकारले यो सङ्क्रमण रोकथामका लागि सार्वजनिक ढङ्गले सचेतना जगाउने काम नगरेको बताए ।
उनले भने–‘मंकीपक्स भाइरस रोकथामका लागि सरकारले सचेतना जगाउने काम गरेको छैन । एक किसिमले भन्ने हो भने सरकार चिर निद्राको अवस्थामा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसबारेमा सतर्कता जारी गरिसकेको छ । हाम्रो सिमानाहरूमा अहिलेसम्म साइनबोर्ड समेत राखिएको छैन । हाम्रो एयरपोर्टहरूमा सचेतनाका लागि एउटा बोर्ड पनि राखिएको छैन । नेपालका सञ्चारमाध्यमबाट कुनै सूचना जारी गरेको छैन । भारतमा यसका केसहरू देखिइसकेको अवस्थामा यसको भयानक अवस्थाबाट अब हामी टाढा छैनौँ ।’ उनले यसबारेमा सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । उनले मंकीपक्स भाइरस नेपाल प्रवेश रोक्न पूर्व सतर्कता अपनाउनका लागि पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण