इराकी प्रधानमन्त्रीद्वारा वार्ताका लागि आह्वान
इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले वार्ताका लागि आन्दोलनरत पक्षहरुलाई आह्वान गरेका छन्। हाल इराकमा देखिएको राजनीतिक गतिरोधको अन्त्यका लागि सबै पक्षलाई वार्तामा बोलाउँदै उनले राष्ट्रिय रुपमा सबै पक्ष वार्तामा बसेर नै अहिलेको राजनीतिक सङ्कटको समाधान गर्न सकिने बताएका हुन् ।
उनको कार्यालयले सोमबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा आन्दोलनमा रहेका सबै पक्षलाई राष्ट्रिय वार्तामा आउन आग्रह गरिएको छ र वार्ताकै माध्यमबाट सबै समस्याको हल गर्न सकिन्न भनिएको छ ।
मोहमद सिया अल सुडानीलाई प्रधानमन्त्री नियुक्त गरिएको विरोधमा त्यहाँको एक मुस्लिम समुदायले आन्दोलन गरिरहेको छ । सो समुदायले कहिले संसद भवनभित्रै छिरेर प्रदर्शन गर्ने त कहिले सडकमा हिंसात्मक प्रदर्शनहरु गर्ने गरेको छ । सो समूहले शनिबारदेखि संसदमा नै अनसन सुरु गरेको छ । जुलाई २५ मा उहाँलाई प्रधानमन्त्री नियुक्त गरेपछि त्यसको विरोधमा यो आन्दोलन सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण