भीम अस्पतालको अध्यक्षमा भण्डारीलाई काम गर्न दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई काम गर्न दिनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नारायण प्रसाद भण्डारीलाई हटाएर सिद्धार्थ नगर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहेका अध्यक्षमा कुल प्रसाद न्यौपानेलाई नियुक्त गरेको थियो ।
प्रदेश सरकारले कार्यकाल पूरा नहुँदै पदमुक्त गरेको भन्दै सर्वोच्चमा रिट दिएका भण्डारीलाई गत असार १२ गतेको सर्वोच्चको आदेशले पुनर्बहाली गरिदिएको थियो। तर प्रदेश सरकारले उक्त आदेशलाई समेत बेवास्ता गर्दै पुनर्बहाली नगरेपछि भण्डारी पुनः अदालत पुगेका थिए । अदालतले भण्डारीलाई पुनर्बहाली गरे पनि लुम्बिनी प्रदेश सरकारले पछिल्लो पटक नियुक्त गरेका कुलप्रसाद न्यौपानेले भीम अस्पतालको अध्यक्षका रूपमा कामकाज गर्दै आएपछि फेरी अर्को आदेश आएको हो ।
भण्डारीको तर्फका कानुन व्यवसायी अधिवक्ता ईश्वरी भट्टराईले बहसमा सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले भण्डारीलाई काम गर्न दिनु भन्दै अल्पकालीन अन्तरिम आदेशसँगै भदौ १३ गतेका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीसहित दुवै पक्षलाई छलफलको लागि बोलाएको छ । सर्वोच्चले निवेदकको माग बमोजिम किन आदेश जारी हुन नपर्ने हो सो को कारण भए सबुद प्रमाणसहित बाटोको म्याद बाहेक पन्ध्र दिन भित्र उपस्थित हुन मुख्यमन्त्री कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई समेत आदेश गरेको हो ।
लुम्बिनी प्रदेशका सरकार परिवर्तन भएपछि अस्पताल विकास समितिका अध्यक्षहरू हटाउने र फेरी अदालत जाने क्रम चलेको छ । यस अघि लुम्बिनी प्रादेशिक अस्पताल अध्यक्ष सूर्य बहादुर भट्टराईलाई पनि प्रदेश सरकारले हटाएको थियो । उनी पनि अदालत गएपछि पुनर्बहाली गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण