सेन्चुरी बैंकको खुद नाफामा सुधार
सेन्चुरी बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ११५.६७ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यसअवधिमा सेन्चुरीको खुद ब्याज आम्दानी ३१.६३ प्रतिशत र सञ्चालन नाफा १४२.१२ प्रतिशत ले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ ।
बैंकको वितरण योग्य नाफा भने ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा सेन्चुरीको रिजर्भ कोष पनि ३०.५० प्रतिशत ले बढेर १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफामा सुधार भएसँगै यस बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २४ पैसाले बढेर १४ रुपैयाँ २१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा छ । सेन्चुरी लाई हाल प्रभु बैंकले एक्वाइर गर्ने प्रक्रियामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण