सेन्चुरी बैंकको खुद नाफामा सुधार

सेन्चुरी बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ११५.६७ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यसअवधिमा सेन्चुरीको खुद ब्याज आम्दानी ३१.६३ प्रतिशत र सञ्चालन नाफा १४२.१२ प्रतिशत ले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ ।
बैंकको वितरण योग्य नाफा भने ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा सेन्चुरीको रिजर्भ कोष पनि ३०.५० प्रतिशत ले बढेर १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफामा सुधार भएसँगै यस बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २४ पैसाले बढेर १४ रुपैयाँ २१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा छ । सेन्चुरी लाई हाल प्रभु बैंकले एक्वाइर गर्ने प्रक्रियामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता
-
कर्णाली प्रदेश सभा : प्रमुख प्रतिपक्ष दलका सांसद नआएपछि संसद् स्थगित
-
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी
-
निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोज्योः बर्तौला
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए