बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.१८ प्रतिशत भएको छ । यसको १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ ०४ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७५ पैसा छ ।
बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक १ः१ अनुपातमा मर्ज हुँदैछन् । दुवै बैंक एक आपसमा मर्जमा गएकाले २ असारदेखि सेयर कारोबार रोक्का भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण