बिहारमा मन्त्रिमण्डल विस्तार हुँदै, ३१ मन्त्रीले शपथ लिने
मङ्गलबार, ३१ साउन २०७९, ११ : २०
बिहारमा नितिश–तेजस्वी सरकार गठनको ६ दिनपछि मंगलबार क्याबिनेट विस्तार गरिँदैछ । नयाँ मन्त्रिमण्डलमा कूल ३१ जना मन्त्रीले शपथ लिने बताइएको छ । यसमध्ये १६ जना राष्ट्रिय जनता दल (आरजेडी), ११ जना जनता दल युनाइटेड (जेडीयू), २ जना काँग्रेस र हम र निर्दलीय एक–एक जना रहेका छन् ।
यता मन्त्रिमण्डल विस्तार अघि नै काँग्रेसमा विवाद सुरु भएको छ । सोमबार पार्टी कार्यालय बाहिर काँग्रेस कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । आफूहरूलाई कम मन्त्रालय दिएकोमा उनीहरूको असन्तुष्टि रहेको थियो ।
राजभवनको राजेन्द्र मण्डमा भारतीय समयअनुसार ११ः३० मा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । समारोहमा मुख्यमन्त्री नितिश कुमार, उपमुख्यमन्त्री तेजस्वी यादव, पूर्व मुख्यमन्त्री रावडी देवीलगायत नेताहरू उपस्थित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण