मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बिहारमा मन्त्रिमण्डल विस्तार हुँदै, ३१ मन्त्रीले शपथ लिने

मङ्गलबार, ३१ साउन २०७९, ११ : २०
मङ्गलबार, ३१ साउन २०७९

बिहारमा नितिश–तेजस्वी सरकार गठनको ६ दिनपछि मंगलबार क्याबिनेट विस्तार गरिँदैछ । नयाँ मन्त्रिमण्डलमा कूल ३१ जना मन्त्रीले शपथ लिने बताइएको छ । यसमध्ये १६ जना राष्ट्रिय जनता दल (आरजेडी), ११ जना जनता दल युनाइटेड (जेडीयू), २ जना काँग्रेस र हम र निर्दलीय एक–एक जना रहेका छन् ।

यता मन्त्रिमण्डल विस्तार अघि नै काँग्रेसमा विवाद सुरु भएको छ । सोमबार पार्टी कार्यालय बाहिर काँग्रेस कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । आफूहरूलाई कम मन्त्रालय दिएकोमा उनीहरूको असन्तुष्टि रहेको थियो ।

राजभवनको राजेन्द्र मण्डमा भारतीय समयअनुसार ११ः३० मा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । समारोहमा मुख्यमन्त्री नितिश कुमार, उपमुख्यमन्त्री तेजस्वी यादव, पूर्व मुख्यमन्त्री रावडी देवीलगायत नेताहरू उपस्थित हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप