उम्मेदवारको मापदण्ड तोक्न एकीकृत समाजवादीले बोलायो बैठक
बुधबार, ०१ भदौ २०७९, १० : ४१
नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ । उम्मेदवारको मापदण्ड तय गर्न बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।
बैठक दिउँसो २ बजे पार्टी मुख्यालय आलोक नगरमा बस्नेगरी बोलाएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिए । सो पार्टीका नेताहरुका अनुसार सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिनेछ ।
नेकपा समाजवादी सत्तारुढ दलमा तेस्रो ठूलो दल छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरूलाई १६५ मध्ये कुन दलले कति सिट पाउने भन्ने टुंगो लागि सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण