साताको सेयर बजार : परिसूचक ३० अङ्कले बढ्यो, कारोबार रकम घट्यो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३० अङ्कले बढेर बन्द भएको छ । साताको ५ कारोबार दिनमध्ये २ दिन मात्रै बढेको नेप्से ३० अङ्कले बढेर २०६८ अङ्कमा पुगेर रोकिएको हो । यो साता नेप्सेको कारोबार २०३८ अङ्कबाट सुरु भएको थियो ।
साताभरमा सोमबार र बिहीबार मात्रै नेप्से परिसूचक बढेको थियो । यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.४१ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्कले बढेको छ । यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स २.२९ अङ्कले बढेको छ ।
यो साता नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत साता १२ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकामा यो साता जम्मा १० अर्ब ५० करोडको कारोबार भएको छ । जुन, गत साताको तुलनामा १ अर्ब ५५ करोड रुपैयाँ कम हो ।
परिसूचक बढेको साता कारोबार रकम घटे पनि बजार पुँजीकरण भने बढेको छ । गत साता २९ खर्ब १० अर्ब रहेको नेप्से पुँजीकरण यो साता बढेर २९ खर्ब ६३ अर्ब पुगेको छ । यो एक सातामा आएको ५३ अर्बको वृद्धि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण