आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

साथीको बुबासँग विवाह अस्वीकार गर्दा यौन उत्पीडन

आइतबार, ०५ भदौ २०७९, ०७ : ०९
आइतबार, ०५ भदौ २०७९

पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको घटना सार्वजनिक भएको छ  । विवाह अस्वीकार गरेकी युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख माग गरिएको थियो । 

लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो । भिडियोमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौँ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाएको देख्न सकिन्छ ।

प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप