काभ्रेमा बम डिस्पोज गरे पछि सवारी साधन चल्न थाले
बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधन चल्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको टोलीले डिस्पोज गरेपछि सवारी साधन पूर्वबत चलेका हुन् ।
खतरा लेखिएको प्रेसर कुकर बम राजमार्गमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गणको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो । बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।
काभ्रे प्रहरीले बन्दकर्ताले नै सो बम राखेको आशंकासहित अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण