सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ कस्तो पर्‍यो बन्दको प्रभाव ?

मङ्गलबार, ०७ भदौ २०७९, १० : १८
मङ्गलबार, ०७ भदौ २०७९

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।  बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु  निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।

दाङमा ४ बन्दकर्ता पक्राउ
दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो ।

यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जन पत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

चितवनमा ६ सवारी साधन तोडफोड, ५ पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन । चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्याएका छन ।

चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। 

दिपायल बजार बन्द गराउँदै हिँड्ने दुई पक्राउ

डोटीमा बन्द गराउँदै हिडने नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्ता परेका छन । चन्द नेतृत्वकासहित ४ पार्टीले घोषणा गरे अनुसार दिपायल बजार बन्द गराउँदै हिँडेका दुई कार्यकर्तालाई पक्राउ परेका हुन ।

डोटी प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा मोहन कठायत र प्रकाश कठायत रहेका छन । डोटीमा बन्दको प्रभाव न्युन देखिएको छ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप