धौलागिरी लघुवित्तको सेयर बाँडफाँड, १८ लाख आवेदकको हात खाली
धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) ३० हजार ९२९ जनाले पाएका छन् । कम्पनीले आज आईपीओ बाँडफाँड गर्दै योग्य आवेदनमध्येबाट उक्त लगानीकर्ताले सेयर पाएको जानकारी दिएको हो ।
कम्पनीको सेयरमा १८ लाख ६४ हजार ६४० जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार २८६ जनाको आवेदन अयोग्य देखिएको थियो । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले योग्य आवेदनमध्येबाट ३० हजार ९२९ जनाले सेयर पाएको जानकारी दिएको हो ।
कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म १०० रुपैयाँ अंकित ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर बिक्री खुलाएको थियो । बिक्री खुलाएको कूल आईपीओमध्ये ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो ।
यस्तै, १६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता सेयरमा सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको थियो । आईपीओ पाएकामध्ये ५ जनाले प्रतिव्यक्ति ११ कित्ताका दरले सेयर पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण