सल्यानको सिद्धेश्वरी माविका १९ विद्यार्थीमा कोरोना संक्रमण
बुधबार, ०८ भदौ २०७९, १५ : ४१
सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१२ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका १९ जना विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । ९९ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
सो विद्यालयका १०० भन्दा बढी विद्यार्थी बिरामी परेको खबर बाहिरिएसँगै बुधबार नगरपालिकाको स्वास्थ्य शाखाको टोली विद्यालयमा पुगेको थियो । ‘विद्यार्थीमा रुघाखोकीको समस्या देखिएको विद्यालय स्रोतले जानकारी गराएपछि हाम्रो टोली विद्यालयमा गएका थियौं,’ उनले भने,‘ सुरुमा एकजना शिक्षकमा कोरोना देखिएकाले कोरोना चेक गरेका हौं ।’ उनले विद्यार्थीको अबस्था सामान्य रहेको पनि जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण