गठबन्धन प्रभावकारी ढङ्गले अघि बढ्छ : मन्त्री कार्की
शनिबार, ११ भदौ २०७९, १० : ३८
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग आज कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए।
नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभाबाट पनि पारित हुने उनले विश्वास व्यक्त गरे। उनले नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवं भेटघाट सामान्य कुरा भएको र राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल र परामर्श लिने सुविधा भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण