स्याउसहित ५ वटा भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा
शनिबार, ११ भदौ २०७९, ११ : ४५
जिल्ला प्रहरी कार्यलय मोरङले स्याउ सहितका ५ वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । हिजो साँझ विराटनगर महानगरपालिका १३ मा भन्सार प्रज्ञापन पत्र नभएका ५ वटा कन्टेनरलाई नियन्त्रणमा लिइएको हो ।
कन्टेनरमा ल्याएका स्याउहरू मलाया रोडमा अनलोड भईरहेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिई गई चेकजाँच गर्दा भन्सार कागजात देखाउन नसकेपछि नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठ जानकारी दिए ।
तोकिएको स्थान भन्दा अन्यत्र शंकास्पद तरिकाले स्याउहरू नेपाली मिनी ट्रकमा लोड गरिएकोले को १ ख ६९३९, प्रदेश १-०२-००१ ख ८५५६ र ना. ५ ख ५६०० नम्बरका मिनी ट्रकलाई पनि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण