फ्रान्समा भएको अल्ट्रा दौडमा कर्णालीकी सुनमाया दोस्रो
कर्णालीको जुम्लामा जन्मिएकी सुनमाया बुढा अल्ट्रा रेस ब्लांक (युटीएमबी) को एक सय किलोमिटर विधामा दोस्रो भएकी छन् ।
शुक्रबार राती भएको विश्वकै प्रतिष्ठित उक्त अल्ट्रा रेस प्रतियोगितामा उनले मोन्ट ब्लांक क्षेत्रको कोष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पार गरेको हुन् । सुनमाया फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलसँग एक स्थान पछि परेकी हुन् । उनी द नर्थ एडभेन्चर क्लबका लागि नेपालको प्रतिनिधित्व गरेर सहभागी बनेकी थिइन् ।
सुनमाया गत वर्ष थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड बाई युटिएमबी ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिला तर्फ प्रथम र पुरुष–महिला तर्फको समग्र खेलमा तेस्रो स्थान हासिल गरेर कीर्तिमानी कायम गरेकी थिइन् । जुम्ला जिल्लाको विकट ठाउँ पातरासी गाउँपालिकाको पेरे गाउँमा जन्मिएकी २३ बर्षीया सुनमायाले महिला विधातर्फ ११० किलोमिटर लामो ‘ट्रेल रेस’मा प्रथम भएकी थिइन् । उनले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनट एक सेकेन्डमा पुरा गरेकी थिइन् ।
धावक सुनमायाको सोह जितसँगै राष्ट्रिय देखि अन्तर्राष्ट्रियस्तरमा निकै चर्चा भएको थियो । त्यसपछि शुक्रबार भएको प्रतियोगितामा पनि उनी दोस्रो हुन् सफल भएर नेपालको नाम राख्न सफल भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण