खडेरी पीडितलाई लक्षित गरेर छिट्टै विशेष प्याकेज ल्याउँछौं : अर्थमन्त्री शर्मा
अर्थ मन्त्री जनार्दन शर्माले बाँकेका खडेरी पीडितलाई लक्षित गरेर छिट्टै विशेष राहत प्याकेज ल्याइने बताएका छन् ।
नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहान मन्त्री शर्मालाई नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबालीमा क्षति पुगेकोबारे जानकारी गराएका थिए । पालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै राहातको पहल गर्न उनले मन्त्री शर्मालाई आग्रह गरेका थिए ।
मन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि स्थानीय सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउदै नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए ।
मन्त्री शर्माले भारतीय सीमासंग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउदै सुख्खा ग्रस्त क्षेत्रका लागि विशेष व्याकेज ल्याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण