सार्वजनिक जग्गा संरक्षण अभियानमा जुट्यो रामग्राम नगरपालिका
शनिबार, १८ भदौ २०७९, १० : ०८
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको छ । रामग्राम नगरपालिका नगर प्रमुख धनपत यादवले नगरभित्रका बेवारिशे तथा अतिक्रमित जग्गाहरुको खोजतलाश गरि संरक्षणका लागि सक्रियता देखाएका छन् ।
शुक्रबार मेयर यादवले, पालिकाको अमिन र प्राविधिक टोलीसहित रामग्राम वडा १ स्थित सिद्धार्थ टोलमा पुगेर त्यहाँ रहेको सार्वजनिक जग्गामा होर्डिङ्ग बोर्ड राखेका छन् । उक्त बोर्डमा सार्वजनिक जग्गाको संरक्षण गर्न आग्रह गरिएको छ । यो अभियानलाई आगामी दिनमा निरन्तरता पाउने नगरपालिकाको योजना छ ।
विगत लामो समयदेखि अव्यस्थित तथा केहि व्यक्तिहरुकोे अतिक्रमणमा रहेको सार्वजनिक जग्गा संरक्षणका लागि मेयर यदवले चालेको अभियानमा साथ दिनुपर्ने स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण