दैलेख क्षेत्र–१ मा उम्मेदवारी : एमालेलाई पूर्व माओवादीको टक्कर
सुर्खेत । नेकपा एमालेको जनाधार बलियो रहेको दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, केन्द्रीय सदस्य धर्मराज रेग्मी र रेखा थापा रहेका छन् ।
तीन जनामध्ये रेग्मी र शर्मा नै बलिया सम्भावित उम्मेदवार हुन् । ०७४ मा प्रतिनिधि सभा चुनाव जितेका शर्माको विकल्पमा पूर्व माओवादी नेता रेग्मीको दाबेदारीपछि टिकट कसको हातमा आउँछ भन्ने चासोका साथ हेरिएको छ ।
रेग्मीले ०७४ मा प्रदेश सभा (क) मा माओवादीबाट प्रत्यक्ष चुनाव जितेका थिए । उनी कर्णाली प्रदेश सभामा नेकपा विभाजन भएपनि एमालेतर्फ लागेका थिए । रेग्मी बौद्धिक छवि भएका नेता हुन् भने उनी एमालेको केन्द्रीय कानुन विभागको उपप्रमुख समेत हुन् ।
०७४ मा उनी १० हजार ३६१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्ण कुमार बिसीले ८ हजार ७६५ मत प्राप्त गरेका थिए । नेकपा विभाजनपछि माओवादी त्यागेर एमालेमै रहेका नेताहरूको व्यवस्थापन गर्नुपर्ने एमालेसँग बाध्यता छ ।
रेग्मीले पनि माओवादी त्यागेर आएको र एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निकट भएका कारण उनको पल्ला भारी हुने सम्भावना बढी रहेको एमाले नेताहरूको बुझाई छ । शर्मा पनि जिल्लामा बलियो नै छन् । उनले ०७४ मा २३ हजार ७७३ मत प्राप्त गरेका थिए । कांग्रेस–राप्रपाका साझा उम्मेदवार दीपक कुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण