चाेलेन्द्रले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि सिफारिस समितिले बोलाउने
महाभियोग सिफारिस समितिले बयानका क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर राणाले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ । मंगलबार भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो । राणाले बयानका क्रममा नेपाल बारका पूर्व पदाधिकारीदेखि सत्ता गठबन्धनका सांसद समेतका नाम लिएका थिए ।
मंगलबारकाे समितिको बैठकमा सडक जामकाे कारण देखाउँदै राणा उपस्थित भएका छैनन् । बैठकमा उपस्थित समिति सदस्यहरू समितिको बैठकमा पत्रकारलाई पहुँच दिने कि नदिने भन्ने बारेमा छलफल गरिरहेका छन् । समिति बैठकको लाइभ गर्नुपर्ने पक्षमा एमाले रहेको छ भने माओवादी केन्द्रका सांसदले त्यसको विरोध गरेका छन् । छलफलमा एमाले सांसद विष्णु पौडेलले बैठक लाइभ गर्न र पत्रकारलाई पहुँच दिन माग गरेका थिए । यता माओवादी सांसद यशोदा गुरुङले भने माओवादी बैठकको लाइभ गर्ने विषयमा विपक्षमा रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण