शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंसहित यी स्थानीय तहका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा दिन सूचना आह्वान

बुधबार, २९ भदौ २०७९, १६ : ४०
बुधबार, २९ भदौ २०७९

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रयोजनका लागि निवेदन माग गरेको छ । आयोगले काठमाडौं महानगरपालिकासहित विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलन गर्नका लागि ३५ दिने सूचना आह्वान गरेको हो । 

भूमिहीन  दलित,  भूमिहीन  सुकुम्बासी  र  अव्यवस्थित  बसोबासीले  जग्गा  पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहबाट खटिएका लगत संकलक मार्फत पेश गर्न सक्ने सूचनामा उल्लेख छ । 

आयोगमार्फत सरकारले देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने बताउँदै आएको छ । जसअनुसार कतिपय स्थानीय तहमा लालपुर्जासमेत वितरण गरिसकिएको छ भने कतिपयमा प्रक्रिया जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप