काठमाडौंसहित यी स्थानीय तहका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा दिन सूचना आह्वान
बुधबार, २९ भदौ २०७९, १६ : ४०
राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रयोजनका लागि निवेदन माग गरेको छ । आयोगले काठमाडौं महानगरपालिकासहित विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलन गर्नका लागि ३५ दिने सूचना आह्वान गरेको हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहबाट खटिएका लगत संकलक मार्फत पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।
आयोगमार्फत सरकारले देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने बताउँदै आएको छ । जसअनुसार कतिपय स्थानीय तहमा लालपुर्जासमेत वितरण गरिसकिएको छ भने कतिपयमा प्रक्रिया जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण