नेपाल कला परिषद्मा तीन जनाको एकल चित्रकला प्रदर्शनी
सोमबार, ०३ असोज २०७९, १९ : ४८
काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा सूर्य दूधराजसहित तीन जनाको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यद्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी असोज १ गतेदेखि असोज ७ गतेसम्म चल्नेछ ।
दूधराजसँगै आरसी महर्जन र सुरक्षा वाग्लेका चित्रलाई प्रदर्शनीमा राखिएको छ । उनले भने,'मलाई यथार्थवादी चित्रकला मन पर्छ । अहिले भइरहेको प्रदर्शनीमा मैले टाइम नामक शीर्षकमा पेन्ट गरेको छु ।' ललितकला क्याम्पसबाट ब्याचलर इन फाइन आर्ट सकेका दूधराज गोदावरी नगरपालिका ११ का बासिन्दा हुन् । उनले यो प्रदर्शनीमा १० हजार रुपियाँदेखि ६० हजार रुपियाँसम्म मूल्य भएका ११ ओटा चित्र राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण