‘२ नम्बरी’ को टाइटल गीत बनाएर भूषणले जिते ५० हजार
रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’ असोजको २१ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको शीर्ष गीतका लागि यसको निर्माण पक्षले केही साता अगाडि प्रतियोगिता नै राखेको थियो ।
शीर्ष गीतका लागि ६१ वटा गीत प्राप्त भएको निर्माण पक्षले जनाएको छ । जसमध्ये, भूषण खतिवडाले फिल्मको उत्कृष्ट शीर्ष गीत लेखेका छन् । भूषणको यो गीत फिल्ममा प्रयोग हुनेछ । साथमा उनले ५० हजार नगद पुरस्कार समेत जितेका छन् । अब, फिल्मको शीर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।
दीपक मनाङे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको टिजर र एउटा गीत सार्वजनिक भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण