सेनमाथि खनिए दीपकराज गिरी, भन्छन्–गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ?
‘प्रेमगीत ३’ को विवाद दिन प्रतिदिन बढ्दो छ । अनमोल केसी, झरना थापा, भुवन केसी, दीपकराज गिरी हँुदै यो बिवाद अहिले अभिनेता सरोज खनालसम्म आएको छ ।
निर्माता सन्तोष सेनले मंगलबार सरोज खनाललाई निसाना बनाएका छन् । उनले अमेरिकाले नेपाली कलाकारलाई भिषा नदिनुको दोष सरोज खनालमाथि लगाएका छन् । सेनको निसानामा परेका सरोजको बचाउमा कलाकार दीपराज गिरी निस्किएका छन् ।
उनले सामाजिक संजालमा एक पोष्ट गर्दै सबैलाई गाली गरेर फिल्म चलाउने हो ? भनेर समेत प्रश्न गरेका छन् । ‘भुवन केसी, अनमोल केसी, झरना थापा, म अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ् । यो लिस्ट निक्कै लामो हुँदैछ दिनप्रति दिन' दीपकले प्रश्न गरेका छन्, 'सबैलाई गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हपाइ हुँदाहुँदै के गर्या यो ?’ ‘आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण