यम बराले भने - ‘प्रेम गीत-३’को अन्तराष्ट्रिय अभियानमा मेरो साथ र समर्थन छ’
बुधबार, ०५ असोज २०७९, १२ : ३२

‘प्रेम गीत ३’ विवादमा थुप्रै कलाकर्मी बिरोध र समर्थनमा गरेर दुई कित्तामा देखिएका छन् । यस्तैमा गायक यम बरालले पनि ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थन रहेको बताए छन् ।
गायक बरालले सामाजिक संजालमा एक पोष्ट गर्दै अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्मलाई स्थापित गर्ने अभियानमा रहेको ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थ रहेको बताएका हुन् । ‘प्रेम गीत ३’ हेरेर साथ र समर्थन दिन समेत उनले सबैलाई आग्रह गरेका छन् ।
‘राष्ट्रवाद, कलाकारवाद छातीमा राखी, समग्र नेपाल चलचित्र उद्योगलाई अन्तराष्ट्रिय जगतमा पहिचान प्रतिनिधित्व गराउने यो अभियानमा सबै चलचित्रकर्मी, संगीतकर्मी एक भई ‘प्रेम गीत ३’ देशभरिका हलहरुमा गई हेरौ’ बरालले अगाडि थपेका छन् ‘कानुन विधि विधान सम्मत रहि अन्तराष्ट्रिय जगतमा नेपाली चलचित्र खुट्टा टेकाउने यो अभियानमा मेरो साथ समर्थन छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ३ करोडमा पोखरा-२६ को वडा कार्यालय बन्ने
-
रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ
-
अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
-
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
-
लुम्बिनी सरकारको वैशाख मसान्तसम्मको खर्च ४६ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु