यम बराले भने - ‘प्रेम गीत-३’को अन्तराष्ट्रिय अभियानमा मेरो साथ र समर्थन छ’
बुधबार, ०५ असोज २०७९, १२ : ३२
‘प्रेम गीत ३’ विवादमा थुप्रै कलाकर्मी बिरोध र समर्थनमा गरेर दुई कित्तामा देखिएका छन् । यस्तैमा गायक यम बरालले पनि ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थन रहेको बताए छन् ।
गायक बरालले सामाजिक संजालमा एक पोष्ट गर्दै अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्मलाई स्थापित गर्ने अभियानमा रहेको ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थ रहेको बताएका हुन् । ‘प्रेम गीत ३’ हेरेर साथ र समर्थन दिन समेत उनले सबैलाई आग्रह गरेका छन् ।
‘राष्ट्रवाद, कलाकारवाद छातीमा राखी, समग्र नेपाल चलचित्र उद्योगलाई अन्तराष्ट्रिय जगतमा पहिचान प्रतिनिधित्व गराउने यो अभियानमा सबै चलचित्रकर्मी, संगीतकर्मी एक भई ‘प्रेम गीत ३’ देशभरिका हलहरुमा गई हेरौ’ बरालले अगाडि थपेका छन् ‘कानुन विधि विधान सम्मत रहि अन्तराष्ट्रिय जगतमा नेपाली चलचित्र खुट्टा टेकाउने यो अभियानमा मेरो साथ समर्थन छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण