‘प्रेमगीत ३’ विश्वभरका १२ सय पर्दा लाग्ने
प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट नेपाल र भारत एकसाथ रिलिज हुँदैछ । नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको फिल्म हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने निर्माण युनिटले जनाएको छ ।
फिल्म नेपाल र भारतसहित यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतमा पनि रिलिज हुँदैछ । फिल्मको भारतमा अग्रिम बुकिङ राम्रो रहेको निर्देशन सन्तोष सेनले जानकारी दिए ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण