विकास बोर्डलाई अशोक शर्माको प्रश्न– क्लब, रेस्टुरेन्टहरु खोल्न मिल्ने, हल किन नमिल्ने ?
चलचित्र विकास बोर्डले ११ बजेपछि हल सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भनेर ल्याएको नियमप्रति निर्माता, निर्देशक तथा प्रदर्शक अशोक शर्माले असन्तुष्टि जनाएका छन् । उनले ११ बजेसम्म हलहरुमा सम्पूर्ण शो सकि सक्नुपर्ने चलचित्र विकास बोर्डको नियम सरासर गलत रहेको बताएका छन् ।
शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बोर्डको नियमको विरोध गरेका हुन् । दयाराम दाहाल अध्यक्ष रहेको बेला आवश्यक भए हलहरु २४ सै घन्टा खोल्ने सहमति भएको समेत उनले खुलाएका छन् । ‘दयाराम दाहाल अध्यक्ष भएको बेला सबै संघ–संस्थासहित बसेको बैठकले आवश्यक भए २४ सै घन्टा हल खोल्ने सहमति भएको छ । पटक–पटक सहमति तोड्ने नियम बदल्ने राम्रो चलन होइन’ उनले बोर्डलाई प्रश्न गरेका छन् ‘क्लब, रेस्टुरेन्टहरु २४ घन्टा खोल्न मिल्ने सिनेमा हल किन नमिल्ने ?’
यस्तो छ अशोकको पोष्ट
चलचित्र विकास बोर्डले राती ११ बजेसम्म हलहरुमा सम्पूर्ण शो सकिसक्नुपर्ने नियम बनाएको छ भन्ने सुने यदि यो सत्य हो भने सरासर गलत निर्णय हो । दयाराम दाहाल अध्यक्ष भएको बेला चलचित्रका सबै संघ संस्थासहित बसेको बैठकले आवश्यक भए २४ सै घन्टा सिनेमा हल खोल्ने सहमति भएको छ । पटक–पटक सहमति तोडने नियम बदल्ने राम्रो चलन होइन । क्लब ,रेस्टुरेन्टहरु २४ घन्टा खोल्न मिल्ने सिनेमा हल किन नमिल्ने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण