पर्यटक पर्खँदै रुपन्देहीका पर्यटन व्यवसायी
रुपन्देहीका पर्यटन व्यवसायीले भारतीयसहित विदेशी पर्यटकलाई लुम्बिनी लगायतका स्थलको भ्रमण गर्न निम्ता गरेका छन् । ४३ औं विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपाल र भारतका पत्रकारबीच रुपन्देहीको भैरहवामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय तथा विदेशी पर्यटकलाई निम्ता गरिएको हो ।
यहाँका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसको अवसरमा भैरहवाका होटलहरूमा विदेशी पर्यटकलाई २० प्रतिशत छुट दिने उद्घोष गरे । कार्यक्रममा पर्यटन दिवस मूल समारोह समितिका संयोजक सीपी श्रेष्ठले पर्यटन दिवसको अवसर पारेर विदेशी पर्यटकलाई होटलमा मात्र नभएर ठाउँअनुसार यातायातको छुट सहितका प्याकेज तयार पारिएको उल्लेख गरे ।
असोज ११ गते मंगलबार परेको विश्व पर्यटन दिवसको दिन भारतबाट बेलहिया नाका हुँदै नेपाल भित्रिने पहिला दुई र अन्य विदेशी दुई पर्यटकलाई भव्य स्वागत गरिने उनले जानकारी दिए । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले भारत र नेपालका कतिपय संस्कृति मिल्ने भएकाले पनि दुई देशका पर्यटक आवागमनमा सहजता अपनाउनुपर्ने उल्लेख गरे । भारतीय पर्यटकलाई सुरक्षाको हिसावले नेपालमा कुनै असजिलो नहुने उनले बताए ।
लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवर्द्धनमा प्रदेश सरकारले सक्दो प्रयत्न गरिरहेको उल्लेख गरे । कार्यक्रममा भारतीय पत्रकारहरुले नेपाल भित्रिने भारतीय पर्यटकलाई नेपालको प्रहरी प्रशासनले शंकाको दृष्टिले हेर्ने गरेको गुनासो गरे । नेपाल भित्रिने भारतीय पर्यटकलाई सहज रुपमा नेपाल भ्रमण गर्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरे ।
सीमा नाका बेलुका चाँडै बन्द हुँदा बेलुका भित्रिन चाहने पर्यटकलाई समस्या हुने गरेको उनीहरुले बताए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, व्यवसायी चन्द्रबहादुर थापा, पत्रकार रामराज पोखरेल, नरेश केसी लगायत पर्यटन क्षेत्रमा काम गर्ने सरोकारवाला निकायका प्रतिनिधिले पनि आफ्ना धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण