‘म्यानहन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न फिलिपिन्स उडे विकल्प
‘म्यानहन्ट नेपाल २०२२’ विकल्प राज श्रेष्ठ फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रवार मध्यान्ह त्यसतर्फ उठेका हुन् ।
श्रेष्ठलाई प्रतियोगितामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताजसहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो । इन्टरटेनस ‘म्यानहन्ट इन्टरनेशन’ मा नेपाली प्रतिनिधि पठाउने नेपालको आधिकारिक संस्था हो । यसले २००३ बाट यो प्रतियोगितामा नियमित प्रतिनिधि पठाउँदै आएको ग्रुपअफ इभेन्ट इन्टरटेनस सिइयो अनुप सेक्सनाले बताए ।
४० विभिन्न राष्ट्रका प्रतिनिधिले सहभागिता जनाउने प्रतियोगिता श्रेष्ठ नेपालको एक्लो सहभागी हुन् । विशेष गरेर मोडलिङ विधालाई फोकस गर्ने ‘म्यानहन्ट इन्टरनेशन’ ले यसपटक सुपर मोडल भनेर विजेता छान्दैछ । यो पुरुषहरू सहभागिता रहने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता पनि हो ।
यस अगाडि नेपालबाट यो प्रतियोगितामा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायतले समेत सहभागिता जनाएका थिए । २०१७ मा मिस्टर कलेज चितवन जितेका विकल्पले २०१८ मा मिस्टर नेपालको उपाधि हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
‘संसद्मा सहकारी ठग जोगाउने र कारबाही गर्ने पक्ष देखियो’
-
सहकारी नियमनमा किन कमजोर भयो स्थानीय सरकार ?
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले छाडेनन् निवास
-
संवैधानिक आयोगहरूमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन : मन्त्री जोशी
-
नेपाल–यूरोपेली मुलुक सिधा हवाई उडान सुचारु गर्न सीआईएनको माग