बैंकहरुको चर्को ब्याजले समस्या बढायो : व्यवसायी
बैंकहरुले विभिन्न बहानामा ब्याजदर वृद्धि गरेपछि समस्या बढेको उद्योगी व्यवसायीले बताएका छन् । बैंकहरुले धमाधम ब्याजदर बढाउँदा आर्थिक संकटले उद्योग व्यवसाय धरापमा परेको उनीहरुको गुनासो छ ।
रुपन्देही र नवलपरासीका उद्योगी व्यवसायीले ब्याजदर बढ्दै जाने हो भने आफ्ना उद्योग बन्द गर्नुको अर्को विकल्प नभएको बताए । पश्चिम नवलपरासीका उद्योगी नगेन्द्र अग्रहरीले बैंकहरुले मनोमानी तरिकाले महिनैपिच्छे चर्को ब्याज लिँदा उद्योगी व्यवसायीहरु धरासायी बन्दै गुनासो गरे । ट्रक व्यवसायी रामकिसुन गुप्ताले बैंकहरुले महिनैपिच्छे व्याजदरमा वृद्धि गर्ने र ईन्धनको मूल्य समेत लगातार वृद्धि हुने तर ढुवानी भाडा नबढ्दा व्यवसाय धरापमा परेको गुनासो गरे ।
पेट्रोलिय व्यवसायी राजेशकुमार गुप्ताले बैंकहरुले आक्रामक शैलीमा व्याज वृद्धि गरिरहेको भन्दै यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बैंकहरुको चर्को व्याजले नवलपरासीका उद्योगी व्यवसायी चरम मर्कामा परेको गुनासो गरे । बैंकले १४ बाट १८ प्रतिशतसम्म ब्याज वृद्धि गर्दा पनि सरकार निरीह बनेको उनको भनाइ छ । बजारमा मुद्रा अभाव भएर आर्थिक संकट परेको बेला बैंकले ब्याजदर बढाउँदा झन् गम्भीर अवस्था सिर्जना भएको रुपन्देहीका व्यवसायी बताउँछन् । उनीहरुले राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराएका छन् ।
व्यवसायी माधवप्रसाद नेपालले मुलुक आर्थिक रुपमा अत्यन्तै कठिन अवस्थाबाट गुजिरहेको अवस्थामा बैंक तथा वित्तीय क्षेत्रको उच्च ब्याजदरले उद्योग तथा व्यवसाय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । रुपन्देहीका व्यवसायीले बैंकहरुले अस्वाभाविक रुपमा ब्याजदर बढाएकाले व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै राष्ट्र बैंकलाई समेत ध्यानाकर्षण पत्र पठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण