अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना
मङ्गलबार, ११ असोज २०७९, २० : १०
अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । अचानक स्वास्थ्य खराबी देखिएपछि उनलाई सोमबार राती मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो ।
अहिले उनको स्वास्थ्यमा सुधार भएको बताइएको छ । अस्पतालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको छ । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन ।
यस अगाडि उनी ३ महिनाअघि पनि अस्पताल भर्ना भएकी थिइन् । उक्त समय मुटुको धड्कन बढेको कारण अस्पताल भर्ना गरिएको थियो । त्यो समय उनी हैदराबादमा फिल्मको सुटिङ गरिरहेकी थिइन् । स्वास्थ्य बिग्रिएपछि हैदरावादको कामिनी अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी फेरि सुटिङ सेटमा फर्किइन् ।
दीपिका २०२३ मा शाहरुख र जोन अब्राहमको साथ ‘पठान’ मा देखिनेछिन् । यसबाहेक अभिनेत्री ऋतिक रोशनको फिल्म ‘फाइटर’ मा पनि देखिनेछिन् ।
स्रोत:दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण