अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना
मङ्गलबार, ११ असोज २०७९, २० : १०
अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । अचानक स्वास्थ्य खराबी देखिएपछि उनलाई सोमबार राती मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो ।
अहिले उनको स्वास्थ्यमा सुधार भएको बताइएको छ । अस्पतालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको छ । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन ।
यस अगाडि उनी ३ महिनाअघि पनि अस्पताल भर्ना भएकी थिइन् । उक्त समय मुटुको धड्कन बढेको कारण अस्पताल भर्ना गरिएको थियो । त्यो समय उनी हैदराबादमा फिल्मको सुटिङ गरिरहेकी थिइन् । स्वास्थ्य बिग्रिएपछि हैदरावादको कामिनी अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी फेरि सुटिङ सेटमा फर्किइन् ।
दीपिका २०२३ मा शाहरुख र जोन अब्राहमको साथ ‘पठान’ मा देखिनेछिन् । यसबाहेक अभिनेत्री ऋतिक रोशनको फिल्म ‘फाइटर’ मा पनि देखिनेछिन् ।
स्रोत:दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंकाको ‘कालोकालो कपालमा..’ सँगै आरजे इन्टरटेन्मेन्ट सुरु
-
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
कर्णाली जडीबुटी र बहुमूल्य डुङ्गाहरू बेचेर नै धनी बन्न सक्छ : मन्त्री अर्याल
-
कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि
-
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष गौतमलाई डी सिने अवार्ड
-
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु