अरूले जितेपछि पुरस्कार दिन्छन्, हामीले पहिले नै घोषणा गरेका छौँ : मुख्यमन्त्री शाही
अरूले खेलाडीहरुले खेल जितिसकेपछि मात्रै पुरस्कार दिने तर कर्णाली प्रदेशले भने जित्नुभन्दा अगाडि नै पुरस्कारको व्यवस्था गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को ट्रफी अनावरण कार्यक्रममा उनले हिजोका दिनमा कर्णालीलाई हरेक क्षेत्रमा विकट भनी प्रचार गरिए पनि खेल क्षेत्रमा कर्णाली अगाडि रहेको बताए ।
उनले कर्णालीले खेल क्षेत्रमा धेरै सम्भावना बोकेका कारण कर्णाली प्रदेश सरकारले पनि खेल क्षेत्रमा ठूलो लगानी गरेको भन्दै आज कर्णाली प्रदेशको आँगनमा पुगेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को ट्रफी कर्णालीमा भित्र्याउने गरी खेलाडीहरुलाई तयारी गर्न निर्देशन दिए ।
“खेलाडीहरुका लागि कर्णाली प्रदेश सरकारसँगै छ, तपाइँहरु यो आज आँगनमा आएको ट्रफी कर्णालीमा फिर्ता ल्याउने गरी तयारी थाल्नुहोस्”, मुख्यमन्त्री शाहीले भने ।
ट्रफी टुरका संयोजक ओलम्पियन दीपक विष्टले अन्य प्रदेशभन्दा कर्णाली प्रदेश सरकारले खेल क्षेत्रलाई महत्व दिएको भन्दै कर्णालीको खेल क्षेत्रमा ठूलो सम्भावना रहेको बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले कर्णाली प्रदेशमा पुगेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी चुम्नका लागि कर्णाली प्रदेशका खेलाडीहरु तयारी अवस्थामा रहेको भन्दै आज कर्णाली प्रदेशमा आइपुगेका ट्रफी कर्णालीमा नै फिर्ता आउनेमा आफू विश्वस्त रहेको बताए ।
कर्णाली प्रदेश सरकार खेल क्षेत्रका समस्या समाधान गर्नका लागि जहिले तयार रहेको भन्दै सदस्यसचिव सञ्ज्यालले खेलाडीहरुलाई कुनै पनि चिजको कमी हुन नदिने गरी कर्णाली प्रदेश खेलकुद विकास परिषद् लागिरहेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्री, राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को रनिङ ट्रफी टुरका संयोजक विष्टसहित अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्षसमेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, अल्ट्रा म्याराथन धावक मीरा राईलगायत सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
-
चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
-
अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण