द कपिल शर्मा शोमा गइनन् ऐश्वर्या राय, सलमान खान हुन् त कारण ?
यो शुक्रबार पोन्नियिन सेल्वन रिलिज हुँदैछ । यो मल्टिस्टारर फिल्मको अत्यधिक प्रोमोसन गरिँदैछ । साउथदेखि नर्थ बेल्टमा पोन्नियिन सेल्वनका कलाकारले फिल्मलाई मज्जाले प्रोमोट गरिरहेका छन् । ‘द कपिल शर्मा शो’ मा पनि पोन्नियिन सेल्वनका स्टारकास्ट पुगेका छन् । आउँदो एपिसोडमा यस फिल्मका कलाकारलाई देख्न सकिन्छ । विक्रम र तृषाले शोलाई धेरै नै कन्टेन्ट पनि दिए । तर बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अनुपस्थितिका कारण धेरैलाई अलिकति खल्लो पनि महसुस गरिरहेका छन् । उक्त एपिसोडको प्रोमोमा ऐश्वर्या देखिइनन् ।
कमेडी शोमा किन देखिइनन् ऐश्वर्या ?
ऐश्वर्या राय कपिल शर्मा शोमा नदेखिएपछि मानिसहरुले यसलाई सलमान खानसँग जोडेर हेरिरहेका छन् । कपिल शर्मा शोका निर्माता सलमान खान हुन्, त्यसैले ऐश्वर्याले कमेडी शोमा आउन अस्वीकार गरिन् भनेर धेरैले भनिरहेका छन् । कतिले भने यस्तो होइन भनेर ऐश्वर्याको समर्थन पनि गरिरहेका छन् । नायिकाले फिल्म ‘ऐ दिल हे मुश्किल’ शो प्रोमोट गरेका कारण यस्तो नभएको धेरैको धारणा छ ।
यसको जवाफमा एकजना प्रयोगकर्ताले लेखे, ‘ऐश्वर्या शोमा आएकी थिइन्, तर त्यतिबेला सलमान शोका निर्माता थिएनन् ।’ अर्काले लेखे, ‘कास्टले विभिन्न ठाउँमा अन्तरवार्ता दिइरहेका होलान्, ऐश्वर्या राय अर्को ठाउँमा व्यस्त होलिन् ।’
ऐश्वर्याबाहेक मणि रत्नम र एआर रहमान पनि कपिल शर्मा शोमा पुगेनन् । फिल्म ३० सेप्टेम्बरमा हलमा रिलिज हुँदैछ, यो फिल्मसँगै विक्रम बेधा पनि रिलिज भइरहेको छ । -आजतक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण