आणविक हतियार प्रयोगको धम्कीबाट डराउदैनौँ : अमेरिका
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्रलाई रुसमा गाभेको घोषणापछि बाइडेनको चेतावनी आएको हो । पुटिनले नयाँ कब्जा गरिएका क्षेत्रहरूको रक्षा गर्न आणविक हतियारहरू प्रयोग गर्ने धम्की दिएका थिए ।
उनले ती क्षेत्रहरू “सदाका लागि“ रूसको हिस्सा हुने घोषणा गरे। नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले विलयलाई “युद्ध सुरु भए यताकै सबैभन्दा गम्भीर खतरा “ भनेका छन् । एक भाषणमा, रूसी नेताले दावी गरे कि खेर्सन, जापोरिझ्झिया, लुहान्स्क र दोनेत्स्कका नागरिकहरूले ‘आफ्ना जनता, आफ्नो मातृभूमि’ सँग मतदान गरेका बताए ।
उनले हालैका दिनहरूमा विभिन्न क्षेत्रहरूमा आयोजित तथाकथित जनमत संग्रहलाई संकेत गरेका थिए । तर, युक्रेन र पश्चिमी सरकारहरूले मतदानलाई झुटो भनी निन्दा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण