रौतहट ट्राफिक प्रहरीद्वारा दुई महिनामै ३० लाख राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले मात्र दुई महिनामा ३० लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । यस आर्थिक वर्षको साउन र भदौ महिनामा नियमविपरीत चलेका सवारी साधनलाई गरिएको कारबाहीबाट राजश्व सङ्कलन गर्न सफल भएको ट्राफिक प्रमुख इन्स्पेक्टर विमला कठायतले जानकारी दिएकी हुन् ।
गत दुई महिनामा साना तथा ठुला गरी कुल ४ हजार पाँचसय ७४ सवारी साधनलाई कारबाही गरिएको इन्स्पेक्टर कठायतको भनाई छ । कारबाहीबाट कूल ३० लाख १४ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको तथ्यांकअनुसार साउन र भदौ महिनामा जिल्लामा १ सय १८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परेर १ सय १५ पुरुष, २२ महिला, ४३ बालबालिका गरी कूल १ सय ८० जना घाइते भएका छन् । घाइते मध्ये ५ जना पुुरुष र १ जना महिला गरी ६ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
जिल्लाको १८ वटै स्थानीय तहमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले हाल रौतहटको चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेवचौक, बमनाहर, गौर, बंकुल, मौलापुरलगायतका स्थानमा ट्राफिक प्रहरीको अस्थायी चेकपोष्ट राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन