रौतहट ट्राफिक प्रहरीद्वारा दुई महिनामै ३० लाख राजश्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले मात्र दुई महिनामा ३० लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । यस आर्थिक वर्षको साउन र भदौ महिनामा नियमविपरीत चलेका सवारी साधनलाई गरिएको कारबाहीबाट राजश्व सङ्कलन गर्न सफल भएको ट्राफिक प्रमुख इन्स्पेक्टर विमला कठायतले जानकारी दिएकी हुन् ।
गत दुई महिनामा साना तथा ठुला गरी कुल ४ हजार पाँचसय ७४ सवारी साधनलाई कारबाही गरिएको इन्स्पेक्टर कठायतको भनाई छ । कारबाहीबाट कूल ३० लाख १४ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको तथ्यांकअनुसार साउन र भदौ महिनामा जिल्लामा १ सय १८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परेर १ सय १५ पुरुष, २२ महिला, ४३ बालबालिका गरी कूल १ सय ८० जना घाइते भएका छन् । घाइते मध्ये ५ जना पुुरुष र १ जना महिला गरी ६ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
जिल्लाको १८ वटै स्थानीय तहमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले हाल रौतहटको चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेवचौक, बमनाहर, गौर, बंकुल, मौलापुरलगायतका स्थानमा ट्राफिक प्रहरीको अस्थायी चेकपोष्ट राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण