मिस इन्डिया बनेर पनि काम पाइनन्, बुवाले आज पनि चलाउँछन् टेम्पो
टिभीको सबैभन्दा ठूलो र हिट रियालिटी शोको सुरुवात भएको छ । सलमान खानले प्रतियोगीलाई ग्रान्ड तरिकाले स्वागत गरिन्छ । बिग बसको घरमा यसपटक ब्युटी क्विन मान्या सिंहले एन्ट्री लिएकी छिन् । मान्या शोमा आफ्नो सपना पूरा गर्न आएको बताउँछिन् । उनले इमान्दारी र मेहनतले कुनै काम गर्दा त्यो पूरा हुने बताउँछिन् ।
मिस इन्डिया बनेपछि मान्याले किन पाइनन् काम ?
मिस इन्डिया रनर अप मान्या सिंहले शोमा एन्ट्रीसँगै आफूले जीवनमा अत्यधिक मुश्किलको सामना गरेको बताइन् । मान्याले भनिन्, ‘मानिसहरुलाई लाग्छ कि मिस इन्डिया बनेपछि जीवन फेरिन्छ । धेरै पैसा पाइन्छ । तर वास्तवमा भन्नुपर्दा मिस इन्डिया रन अप बनेपछि मैले कुनै काम पाइनँ । २ वर्षपछि बल्ल एउटा विज्ञापन पाएँ ।’
मान्याको अनुहारको रङमाथि गर्दथे टिका टिप्पणी
मान्याका अनुसार मानिसहरुले उनको अनुहारको वर्णमाथि प्रतिक्रिया दिन्थे । उनले भनिन्, ‘मिस इन्डिया रनर अप बनेपछि पनि मेरा पिता टेम्पो चलाउँछन् । म आफैँ पनि बुवाको टेम्पोबाटै यात्रा गर्छु ताकि पैसा बचाउन सकूँ । मेरी आमा अहिले पनि सार्वजनिक रेलमा यात्रा गर्नुहुन्छ ।’
सलमानलाई आफ्नो भोगाई बताउँदै गर्दा मान्या थोरै भावुक पनि भइन् । उनले भनिन्, ‘म सधैँ वर्सोवा जान्थेँ र अडियन्स दिन्थे । मैले कहिल्यै हार मानिनँ । म जीवनमा अघि बढ्न चाहन्छु । अब म यो शोमा छु । म पैसा कमाउन चाहन्छु । ’
मान्याको अनुभव सुनेर उनी पनि निकै प्रभावित देखिए । सलामानले यो शोपछि उनले सबैकुरा पाउने आश्वासन पनि दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण