बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका १९ उम्मेदवार

शनिबार, २२ असोज २०७९, ०७ : ५९
शनिबार, २२ असोज २०७९

सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएसँगै दलहरु उम्मेदवार चयनमा लागेका छन् । 

सत्ता गठबन्धनले १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।

एकीकृत समाजवादीले भने १९ उम्मेदवारको टुंगो पनि लगाएको छ । पार्टीको भातृसंगठन समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले दिएको जनाकारी अनुसार प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका उम्मेदवार यस प्रकार छन् :

१, इलाम क्षेत्र न. १ - झलनाथ खनाल 
२, उदयपुर क्षेत्र न. २ - जगन्नाथ खतिवडा 
३, रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल 
४, बारा क्षेत्र न. ४ - कृष्णकुमार  श्रेष्ठ 
५, काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ 
६, ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन 
७, धादिङ क्षेत्र न. १ - राजेन्द्रप्रसाद पाण्डे
८, मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा 
९, कास्की क्षेत्र न. २ - श्रीनाथ बराल 
१०, गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री 
११, पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे 
१२, रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ 
१३, दाङ क्षेत्र न. १ - मेटमणि चौधरी 
१४, सल्यान - प्रकाश बुढाथोकी (ज्वाला)
१५, डोल्पा - धनबहादुर बुढा मगर 
१६, दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा 
१७. अछाम क्षेत्र न. १ - शेरबहादुर कुवँर 
१८, बझाङ - भानुभक्त जोशी 
१९, डोटी - प्रेमबहादुर आले

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप