शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

करण जोहरले ट्विटर छोडेको घोषणा गर्दै भने, ‘शान्ति चाहन्छु’

सोमबार, २४ असोज २०७९, १७ : ०४
सोमबार, २४ असोज २०७९


करण जोहर सोसल मिडियामा अत्यधिक ट्रोलको निशानामा पर्ने सेलिब्रिटी हुन् । करणमाथि थुप्रै आरोपसमेत लगाइन्छ । आफ्नो च्याट शो कफी विद करणको विषयमा करणले जति चर्चा बटुले त्यति नै निर्देशकको कचकच पनि सुन्नुपरेको थियो । यहि कारणले करणले ट्विटरलाई बाईबाई भनेका त होइनन् ?

करणले एउटा ट्वीट गर्दै आफूले आइन्दा ट्विटर नचलाउने जानकारी दिएका छन् । उनले आफ्नो अकाउन्टमा एउटा पोस्ट लेखेका छन्, ‘सकारात्मक उर्जाका लागि स्थान बनाउँदैछु र यो त्यतै अघि बढ्ने एक स्टेप पनि हो । गुडबाई ट्विटर ! ’

Making space for more positive energies only and this is step one towards that. Goodbye Twitter! 

तर करणले किन ट्विटर छोडे त ? यसबारे उनले हालसम्म केही पनि जानकारी भने दिएका छैनन् ।

करणको अन्तिम पोस्टमा पनि उनी ट्रोलिङको शिकार भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप