निकारागुवामा भीषण आँधी : २८ जनाको मृत्यु
निकारागुवाको मध्य क्यारेबियन तटमा आइतबार बिहानै आएको जुलिया आँधीका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । आँधीले अहिले ग्वाटेमाला र एल साल्भाडोर प्रशान्त महासागरमा असर गरिहेको छ । आँधीपछि ती क्षेत्रमा मुसलधारे पानी आइरहेको छ ।
अमेरिकाको नेशनल हरिकेन सेन्टर (एनएचसी) ले एल साल्भाडोर र ग्वाटेमालाको तटमा ठूलो समुद्री छाल आउने चेतावनी दिएका छन् । होन्डुरसमा बाढीले बगाएकी एक महिलासहित पाँच जनाको मृत्यु भएको छ । शनिबार राति निकारागुआ सीमा नजिकै डुंगा पल्टिदा चार वर्षीय बालकको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्टा भेरापाजमा पहाडको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको बताएको छ । मेक्सिको नजिकैको हुहेउटेनांगो प्रान्तमा मानिसहरूलाई उद्धार गर्ने एक सिपाहीसहित ९ जनाको मृत्यु भएको छ ।
एल साल्भाडोरमा नदीका सतह बढेका छन् र सर्वसाधारणका लागि ८० आँधीबेहरी आश्रयहरू खोलेर आपतकालीन अवस्था घोषणा गरिएको छ । पूर्वी एल साल्भाडोर सहर ग्वाटाजियागुवामा एउटा घरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण