मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिक दल तथा उम्मेदवारलाई हरिवंशले भने, ‘कसैलाई मद्दत गर्न सक्दिन, आस नराख्नु’

मङ्गलबार, २५ असोज २०७९, ११ : ४४
मङ्गलबार, २५ असोज २०७९

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले अगामी मंसिर ४ गते हुने निर्वाचनमा कुनै ब्यक्ति तथा पार्टीको सपोर्ट नगर्ने बताएका छन् । उनले सामाजिक संजाल मार्फत एक पोष्ट गर्दै आफु सबैको भएको कारण कसैको पक्षमा लाग्न नसक्ने स्पष्ट पारेका हुन् । उनले चुनावमा आफूबाट कुनै आस समेत नराख्न सबै राजनीतिक दल तथा उम्मेदवार बनेका व्यक्तिलाई अनुरोध समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कति सङ्ग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गाँसिएको हुन्छ । देशमा जब निर्वाचन नजिकिन्छ, त्यस बखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गाँसिएका व्यक्तिहरु निर्वाचनमा उम्मेदवार बन्दछन्  । त्यस बखत हामीसँग केही  आशा राख्नु स्वभाबिक हो । मलाई चुनावमा मद्दत  गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर । तर हामी सबै राजनितिक दल, सबै उम्मेदवारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो । कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिदैन । यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मियता, नातालाई पवित्र नै राखि चुनावमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप