राजनीतिक दल तथा उम्मेदवारलाई हरिवंशले भने, ‘कसैलाई मद्दत गर्न सक्दिन, आस नराख्नु’
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले अगामी मंसिर ४ गते हुने निर्वाचनमा कुनै ब्यक्ति तथा पार्टीको सपोर्ट नगर्ने बताएका छन् । उनले सामाजिक संजाल मार्फत एक पोष्ट गर्दै आफु सबैको भएको कारण कसैको पक्षमा लाग्न नसक्ने स्पष्ट पारेका हुन् । उनले चुनावमा आफूबाट कुनै आस समेत नराख्न सबै राजनीतिक दल तथा उम्मेदवार बनेका व्यक्तिलाई अनुरोध समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कति सङ्ग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गाँसिएको हुन्छ । देशमा जब निर्वाचन नजिकिन्छ, त्यस बखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गाँसिएका व्यक्तिहरु निर्वाचनमा उम्मेदवार बन्दछन् । त्यस बखत हामीसँग केही आशा राख्नु स्वभाबिक हो । मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर । तर हामी सबै राजनितिक दल, सबै उम्मेदवारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो । कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिदैन । यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मियता, नातालाई पवित्र नै राखि चुनावमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण