रुपन्देही २ : उम्मेदवारी खारेजीको निर्णय सच्याउन गठबन्धनको माग
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेजीको निर्णय सच्याउन माग भएको छ । गठबन्धन दलहरुले आज ज्ञापनपत्र बुझाउँदै निर्वाचन आयोगको भूमिकामाथि नै प्रश्न उठाएका छन् ।
नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति परशुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा समाजवादी रुपन्देहीका उपाध्यक्ष चीनबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले निर्णय सच्याउन निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय समक्ष माग गरेका हुन् ।
ज्ञापनपत्रमा उम्मेदवारी खारेजीमा परेका एकीकृत समाजवादीका राजु गुरुङको मुद्दा अदालतमा विचाराधीन रहेको समेत उल्लेख गरिएको छ । गुरुङ बैंकिङ कालोसूचीमा रहेको भन्दै मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको सूचना निकालेको थियो । त्यसपछि उनी अदालतसमेत पुगेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण