शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अरिङ्गालले टोकेर मकवानपुरमा एक जनाको मृत्यु

बिहीबार, २७ असोज २०७९, १४ : ३८
बिहीबार, २७ असोज २०७९

अरिङ्गालले टोकाइबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।  बुधबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ पारिबजार बस्ने  ६२ वर्षीय कृष्णबहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको उपचारको क्रममा बकुलहर अस्पतालमा बुधबार राति मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए । स्याङतानलाई सोही वडाको कापडाडास्थित जंगलमा गोरु चराउने क्रममा अचानक कालो अरिङ्गालले टोकेको र उपचारको लागी भीमफेदी स्वास्थ चौकीमा ल्याएको थियो ।

भीमफेदीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हेटौडा अस्पताल पठाइएको र हेटौंडा अस्पतालमा पनि उपचार सम्भव नभएपछि  चितवनको टाडी स्थित बकुलहर अस्पताल पठाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप