अरिङ्गालले टोकेर मकवानपुरमा एक जनाको मृत्यु
बिहीबार, २७ असोज २०७९, १४ : ३८
अरिङ्गालले टोकाइबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ पारिबजार बस्ने ६२ वर्षीय कृष्णबहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनको उपचारको क्रममा बकुलहर अस्पतालमा बुधबार राति मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए । स्याङतानलाई सोही वडाको कापडाडास्थित जंगलमा गोरु चराउने क्रममा अचानक कालो अरिङ्गालले टोकेको र उपचारको लागी भीमफेदी स्वास्थ चौकीमा ल्याएको थियो ।
भीमफेदीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हेटौडा अस्पताल पठाइएको र हेटौंडा अस्पतालमा पनि उपचार सम्भव नभएपछि चितवनको टाडी स्थित बकुलहर अस्पताल पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण