चित्रबहादुर केसीको जिल्लामा को–को छन् प्रतिस्पर्धी ?
प्रतिनिधि सभातर्फ २ निर्वाचन क्षेत्र रहेको बागलुङमा तीन स्वतन्त्रसहित १३ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका सूर्य प्रसाद पाठक र सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै यो क्षेत्रमा राप्रपाका लक्ष्मी प्रसाद सापकोटा कांग्रेस बीपीका शिवलाल सापकोटा,राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल र एक स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका मन्जु शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देवेन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
शिक्षामन्त्री समेत रहेका पौडेल माओवादीका उपमहासचिव समेत रहेका छन् । त्यस्तै यो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका चित्र प्रसाद गुरुङ, नेपाल दलित पार्टीका टेक प्रसाद कामी,राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री तथा स्वतन्त्रतर्फ डिल बहादुर कार्की र तुल्सी राम अर्याल उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण