माओवादीबाट हरिबोल गजुरेलले टिकट नपाएको सिन्धुलीमा को–को छन् उम्मेदवार ?

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सहभागी छैनन् । सिन्धुली २ बाट निर्वाचन लड्दै आएका उनले यो निर्वाचनमा भने टिकट नपाएका हुन् । उनको ठाउँमा यो पटक माओवादीबाट लेखनाथ दाहालले टिकट पाएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मनोजजंग थापालाई उम्मेदवार बनाएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले भीष्मराज श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीले रामेश्वरी कोजु, तामाङसालिङ लोकतान्त्रिक पार्टीले डिल्ली कुमार गोले, मंगोल नेशनल अर्गनाइजेसनले शान्त वीर लामा, जनसमाजवादी पार्टी नेपालले योग्यबहादुर मुडुला कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी ले अनोजकुमार दाहाललाई उम्मेदवार बनाएको छ । यस्तै स्वतन्त्रबाट भुपेन्द्र विश्वकर्मा उम्मेदवार बनाएका छन् ।
यस्तै क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रदिपकुमार कटुवाल क्षेत्री (केसी)लाई उम्मेदवार बनाउँदा नेपाली काँग्रेसले श्याम कुमार घिमिरेलाई उम्मेदवार बनाएको छ । यस्तै जनता समाजवादी पार्टी, नेपालले सोम नाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीले शालिग्राम माझी, नेपाल मजदुर किसान पार्टीले चित्रलाल श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनले धनकुमार राई, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले हिरण्यलाल श्रेष्ठ, एकीकृत शक्ति नेपालले फणिन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले मेनुका ठकुरीलाई उम्मेदवार बनाएको छ। यस्तै स्वतन्त्रबाट डम्वरबहादुर विक, कृष्णहरि पौडेल र रामहरि वुढाथोकी उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि
-
गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती
-
‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम बुकिङ खुला, कसको कति शो ?
-
कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ