बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विश्वासिलो सूचना प्रवाह गर्न आग्रह

बिहीबार, २७ असोज २०७९, २० : २९
बिहीबार, २७ असोज २०७९

वर्तमान अवस्थामा मिडियामा आर्थिक सङ्कट, जनशक्ति अभावसँगै पत्रकारिताको मूल्य मान्यतामा ह्रास आएको भन्दै मिडिया सञ्चालक र पत्रकारहरू चिन्ता व्यक्त गरेका छन् । वर्तमान अवस्थामा मिडियाको भूमिका विषयक अन्तर्संवाद कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेयले पत्रकारमाथि कन्टेन्टले भन्दा पनि पत्रकारको कन्सेप्ट र क्यारेक्टरले जोखिममा रहेको बताए । उनले पत्रकारलाई राजनीतिक दलहरूले अफवाह फैलाउन प्रयोग गर्ने भएकाले सजग हुन समेत आग्रह गरे । उनले सत्य र तथ्यमा टेकेर मात्र पत्रकारले सूचना सम्प्रेषण गर्नुपर्ने बताए । गलत सूचनाले पाठकलाई अन्योलमा पार्ने भएकाले पत्रकारले सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार हरि लम्सालले पत्रकार पार्टीको कार्यकर्ता भन्दा समाजले विश्वास गर्ने खालका सूचना प्रवाह गर्नुपर्ने बताए । महासंघका पूर्व अध्यक्ष दीपक ज्ञवालीले पत्रकारहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताए । महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसीले मिडिया हाउस चुस्त रूपमा सञ्चालन गर्न नसके बन्द गर्दा मिडियाको दिगोपनामा समस्या नआउने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले आगामी निर्वाचनमा संयमित भएर पत्रकारहरूले भूमिका निर्वाह गर्नुपर्ने बताए । 

कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरु, सल्लाहकार, विभिन्न पत्रकार सम्बद्ध संगठन र मिडिया हाउसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप