एमाले प्रदेश कमिटी सदस्यसहितका नेता समाजवादीमा प्रवेश
पाल्पामा नेकपा एमाले प्रदेश कमिटी सदस्यसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टीले व्यक्तिवादी, स्वेच्छाचारिता, अराजकता बढ्दै गएको भन्दै उनीहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
बिहीबार तानसेनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला नेता दिनेश रावल, रिव्दीकोटका एमाले प्रदेश कमिटी सदस्य कृष्णबहादुर जिसीले पार्टी प्रवेश गरेका हुन् । अघिल्लो साता एमालेका प्रदेश कमिटी सदस्य यकप्रसाद भण्डारसहित केही नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष तथा पाल्पा क्षेत्र नं. २ का सांसदका उम्मेदवार सोमप्रसाद पाण्डेयले पार्टीले नेताहरूलाई उचित जिम्मेवारी दिने र सच्चा कम्युनिष्टहरुको ध्रुवीकरण अभियान जारी नै रहने बताए । उनले वाम एकता आवश्यक रहेको भन्दै परिवर्तनशील पार्टीहरू एकताबद्ध हुनुपर्ने बिचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण