नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप
पश्चिम नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप देखिएको छ । विहिबार बेलका सम्म १ सय ६२ जना झाडापखालाको बिरामीको भेटिएका छन् ।
रामग्राम नगरपालिका वडा नंं. १८ को पम्फापुरमा झाडापखाला फैलिएपछि रामग्राम नगरपालिकाले गाउँमै अस्थाई शिविर सञ्चालन गरेको नगर प्रमुख धनपत यादवले जानकारी दिए । झाडापखाला र ज्वरोका कारण गम्भीर बिरामी भएका १९ जनामध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको यादवले बताए ।
दुर्गा पूजा समापनको प्रसाद खाएका सबैमा समस्या देखिएकाले फुड प्वाईजनका कारण झाडावान्ता फैलिएको आशंका गरिएको छ । वास्तविक कारण पत्ता लगाउन लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय सहितको टोली सम्बन्धित स्थानमा पुगेर पानी र दिशाको नमूना संकलन गरेको रामग्राम नगरपालिकाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण